Achievement

सफलताको नयाँ उचाइ : BLE २०८२ मा उत्कृष्ट नतिजा!!

A
Admin
School Administration
Apr 18, 2026
97 views
Back to News
Achievement

हाम्रो यस विद्यालय ,कन्या मन्दिर मा. वि .का विद्यार्थीहरूले आधारभूत तह परीक्षा (BLE) २०८२ मा हासिल गरेको यो गौरवमय नतिजाले हामीलाई अत्यन्त हर्षित तुल्याएको छ ।जसमा ४ GPA सहित २५ जनाले ३.६ GPA भन्दा बढि ल्याई ९४ % बिद्यार्थी उत्तीर्ण हुन सफल भई सामुदायिक र संस्थागत बिद्यालयहरुमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ।
कडा मिहिनेत र लगनशीलताका साथ उत्कृष्ट अङ्क प्राप्त गरी विद्यालयको नाम उच्च राख्ने हाम्रा सम्पूर्ण जेहेन्दार विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ । साथै, विद्यार्थीहरूको यो सफलतामा अहोरात्र खट्नुहुने आदरणीय शिक्षकवर्ग, अभिभावक ज्यूहरु बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

"गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता"
- प्र अ घनश्याम न्याैपाने

Article Info
Category Achievement
Published Apr 18, 2026
Views 97
Author
A
Admin
School Administration
Recent News
No recent articles.
>